च्यारिटी शोबाट सकारात्मक प्रतिक्रिया पाएपछि आर्यन दंग


aryan-sigdelग्ल्यामर नेपाल, काठमाडौं । वैशाख १२ गतेबाट देशभर प्रदर्शन हुने फिल्म ‘नोभेम्बर रेन’को च्यारिटी शो गरिएको छ । पाँचथरको बाराही फिल्म हलमा नयाँ वर्षको दिन भएको शोमा हजारभन्दा बढि दर्शकले फिल्म हेरेका थिए। जबकी हलको सिट क्षमता सात सयमात्र थियो। सिट क्षमताभन्दा धेरै दर्शक र तीनै दर्शकबाट सकात्मक प्रक्रिया पाएपछि अनिनेता आर्यन सिग्देल मक्ख परेका छन्। आर्यनको लगानी पनि रहेकोले यो फिल्म उनको लागी अग्नीपरीक्षा मानिएको छ।

स्थानीय मञ्जरी कला केन्द्रको आयोजनामा भएको च्यारीटि शोमा आर्यनसहित निर्देशक दिनेश राउत र संगीतकार ताराप्रकाश लिम्बुले पनि दर्शकसँगै फिल्म हेरेका थिए। अधिकांश दर्शकले फिल्मको कथा, गीत/संगीत र कलाकारको अभिनयको तारिफ गरेका थिए। फिल्ममा आर्यनले नायिका नम्रता श्रेष्ठसँग रोमान्स गरेका छन्। यो जोडीको पहिलो फिल्म ‘मेरो एउटा साथी छ’ निकै हिट भएको थियो। त्यसैले पनि ‘नोभेम्बर रेन’ दर्शकले रुचाउने विश्वास गरिएको छ। आर्यन र नम्रतासहित फिल्ममा छुल्ठिम गुरुङको पनि केन्द्रीय भूमिका रहेको छ।

SUBSCRIBE 👉