टीनएजर लक्षित फिल्म ‘सायद २’ को प्रदर्शन मिति घोषणा


निर्माता सुनिल रावलको नायाँ फिल्म ‘सायद २’ को प्रदर्शन मिति तय भएको छ। आगामी चैत्र ४ गते देखी अल नेपाल प्रदर्शनमा आउने भएको छ। यस अघि फिल्म छायाँकन नहुदै मङ्सिर ३ गते प्रदर्शन मिति घोषणा गरिएको थियो। फिल्मको प्रदर्शन मिति निर्मात्री दुर्गिश थापाको जन्मदिनको अवसर पारेर तय गरिएको हो। आइतबार जन्मदिन परेकी निर्मात्री थापाले दुर्गिश फिल्मस नयाँ प्रोजेक्ट ‘लाउरे’ निर्माणमा जुटेको बताइन्।

Nepali Movie Sayad-2 Poster

पुष्पराज न्यौपानेले निर्देशन गरेमको फिल्ममा सुशिल श्रेष्ठ, स्यारोन श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे, निशा कार्की, सुनिल रावलको मुख्य भूमिका छ।

सायद-२ को टिजर हेर्न यहाँ क्लिक गर्नुहोस्

दुर्गिश फिल्मसले सिनेमाको अन्तराष्ट्रिय रिलिज मिति र राइट विक्रीबारे पनि जानकारी दिएको छ। नमस्ते इन्टरटेनमेन्टलाई अष्ट्रेलिया राइट १६ लाखमा विक्री गरिएको रावलले बताए। जापानमा सुवास लामिछानेलाई ८ लाख, न्यूजिल्यान्डमा विक्की प्रधानलाई १ लाख, क्यानडामा सुजन कुवँरलाई २ लाखमा विक्रीगरिएको उल्लेख छ। उमेश रावलले अमेरिकाको लागि १६ लाखमा राइट खरिद गरेका छन्। पोर्चुगलमा शान्ता रुम्बाले २ लाख, हङकङमा प्रवेश गुरुङले ४ लाखमा राइट खरिद गरेको रावलले बताए। हङकङमा जनवरी २ मा फिल्म प्रिमियर हुँदैछ।

SUBSCRIBE 👉