दुवईमा हुने नेफ्टा अवार्डमा नायक राजेश हमालको के होला त कमाल?


सँधै अभिनय र सामाजिक धपेडीमा भेटिने राजेश हमालबुधबार भने भिन्न शैलीमा भेटिए। अभिनेत्री मलिना जोशीसँग आफ्नो सिग्नेचर ट्युन रातो टीका निधारमा…गीतमाकम्मर मर्काउँदै थिए। उनले पुस ८ गते दुबईमाहुने अवार्डमा आफूले डान्स प्रस्तुतगर्ने बताए।

rajesh-hamal-nefta-award

‘पहिलोपटक अवार्डमा नाच्दैछु र अलगअनुभूति भैरहेको छ’ हमालले भने, ‘पोहोर व्यक्तिगतकारणले कतार जान सकिँन तर, यसपटकको अवार्डलाई सफल बनाउन म सक्दो प्रयाश गर्नेछु।’ उनले पर्दा पछाडि कामगर्ने प्राविधिक सँगआफ्नो भावनात्मक सम्बन्ध रहेको बताए।

rajesh-hamal-malina-joshi-dance

आफूद्धारा अभिनित फिल्मका अधिकांश पात्रहरु मजदूर, विद्रोही र श्रमिकभएकाले लाखौं नेपाली कार्यरत युएईमा नृत्य प्रस्तुत गर्ने कुराले उत्साहित र भावुक तुल्याएको हमालको कथन छ।

mala-limbu-dance

नेफ्टा अध्यक्ष पुष्कर लामाले अवार्डको अन्तिम तयारी भैरहेको बताए। ‘नेफ्टा फिल्मलाई अन्तराष्ट्रियकरण गर्ने र अवार्डलाई क्वालिटी तुल्याउने काममा प्रतिबद्ध छ’ लामाले भने, ‘नेपालबाट १ सय २० जना सेलेव्रिटी सहितका पाहुना लगेर हामीले सभ्य र भव्य अवार्ड गर्नेछौं।’

SUBSCRIBE 👉