रेखा थापा र सविन श्रेष्ठको चलचित्र ‘हिरो रिटन्र्स’को टाईटल गीत रिलीज


रेखा थापा र सविन श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘हिरो रिटन्र्स’को शिर्ष गीत सार्वजनिक गरिएको छ। आशिष भेटवालको निर्देशनमा तयार यो चलचित्रको प्रदर्शन मिति भने तय भएको छैन।

Nepali Movie HERO RETURNS | Rekha Thapa Sabin Shrestha

Nepali Movie HERO RETURNS | Rekha Thapa Sabin Shrestha

चलचित्रको शिर्ष गीतको अडियो सार्वजनिक गरेर यसको निर्माणपक्षले प्रचारको सुरुवात गरेको छ। यो गीतमा टंक वुढाथोकीको शब्द, संगीत र स्वर छ। गीतमा गायिका मनिषा पोखरेलको पनि स्वर सुन्न सकिन्छ।

चलचित्रमा चन्द्र पन्तको एक्सन छ भने कथा, पटकथा तथा संवाद शिवम् अधिकारीको छ। मित्र गुरुङको सम्पादन, मदन काश्यप घिमिरे रहेको चलचित्रमा चन्द्र गौतम, सहदेव गौतम र भिम न्यौपाने लगानी छ। अमित श्रेष्ठ चलचित्रका कार्यकारी निर्माता रहेका छन्।

चलचित्रमा दिल श्रेष्ठको पनि मुख्य भूमिका छ। ‘पर्खिराख है’मा मुख्य नायकको रुपमा काम गरेपछि नायक दिल श्रेष्ठले यो चलचित्रमा अभिनय गरेका हुन्।

SUBSCRIBE 👉