पोस्टरमा हर्नुहोस ‘लभ सासा’ पात्रहरू । पुस २९ गते बाट अल नेपाल रिलीज


केकी, कर्मा र आसिफ शाह अभिनीत फिल्म ‘लभ सासा’को क्यारेक्टर पोस्टर रिलिज भएका छन्। पोस्टरमा कर्मलाई पल, केकी अधिकारीलाई सासा र आसिफ साहलाई सिद्धार्थको रुपमा परिचय गराइएको छ।

Nepali Movie Love Sasha Poster

कर्मको पोस्टर पृष्ठभूमिमा माछापुच्छ्रे हिमाल र क्यामेरा चित्रण छ । फोटोग्राफी उनको सौख महसुस हुन्छ । मुख्य पात्र सासा अर्थात केकीलाई पढन्ते युवतीको रुपमा देखाइएको छ। पृष्ठभूमिमा पुस्तकालय छ। आसिफको पोस्टर पृष्ठभूमिमा कार देखाइएको छ। उनलाई धनाढ्य र घमण्डी युवकको रुपमा चित्रण गर्न खोजिएको छ।

Nepali Movie Love Sasha Poster

यो फिल्म प्रचण्डमान श्रेष्ठको निर्देशनमाँ निर्माण भएको हो। भिजा गर्लपछि श्रेष्ठको यो दोस्रो निर्देशकीय फिल्म हो। फिल्म पुस २९ गते देशव्यापी सार्वजनिक प्रदर्शन हुँदैछ।

Nepali Movie Love Sasha Poster

SUBSCRIBE 👉