दयाहाङ राई / प्रियंका कार्की स्टारर फिल्म ‘लालटिन’लाई पीजी सर्टिफिकेट


दयाहाङ राई / प्रियंका कार्की स्टारर ‘लालटिन’ लाई चलचित्र जाँच समितिले २ घन्टा १३ मिनेटमा सीमित गर्दै पीजी प्रमाण पत्र दिएको छ। यो फिल्म बालदर्शकहरुले अभिभावकको निगरानीमा हेर्ने सक्नेछन। देवकुमार श्रेष्ठ निर्देशित फिल्म चैत १८ गते बाट अल नेपाल रिलिज हुँदैछ।

Nepali Film Lalteen

फिल्ममा दयाहाङ राई प्रियंका कार्की, अर्जुनजंग शाही, ए गुरुङ, भानुप्रताप, जनक बर्तौंला, रीया श्रेष्ठ, लीला माया, नवीन शाह, सुनिल कट्वाल, मोहनविक्रम श्रेष्ठ, कमल आले र रामकेशर बोगटीको अभिनय छ। यसै फिल्म मार्फत नीर्जन थापा र राज कट्वालले डेब्यु गरेका छन्।

फिल्मको ट्रेलर हेर्न यहाँ क्लिक गर्नुहोस्

अभिनेता भानुप्रताप करोड बजेटमा बनेको यो फिल्मको प्रस्तुतकर्ता हुन्। एमसन पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्ममा अनिम श्रेष्ठ र राज केसीले लगानी गरेका हुन्। मनोज राजभण्डारी र दीपक श्रेष्ठ सहायक निर्माता हुन्। फिल्ममा विनोद ढकाल, डिजराज पौडेल र किरण माइकलको संगीत छ। हरि घलेको छायांकन, रोशन श्रेष्ठको एक्सन, अर्जुन जिसी र मिलन श्रेष्ठको सम्पादन छ।

SUBSCRIBE 👉