‘बोतल त्यो गर खाली…’ भन्दै नायिका हर्शिका श्रेष्ठले गरिन् सेक्सी डान्स


फिल्म ‘भ्रम’ को आइटम गीत ‘बोतल त्यो गर खाली’ रिलिज गरिएको छ। नायिका हर्शिका श्रेष्ठ फ़िचरिङ्ग गीतमा फिल्मका अर्का लिड कलाकार सुरेश गमाललाई पनि नचाईएको छ। कोरियोग्राफर गोबिन्द प्रभातको कोरियोग्राफीमा तयार भएको यो गीतमा रत्न शोभा महर्जनको स्वर र रक्की धांशुको शब्द /संगीत छ। यो फिल्म पुष २२ गते देखि अल नेपाल प्रदर्शनकोलागी तयार भएको छ।

harshika-shrestha

उज्यालो सुर्य फिल्म्सको ब्यानर तथा ठुल्दाई सुन चांदी गहना पसलको प्रस्तुतिमा तयार भएको फिल्मलाई निर्देशक रबिन्द्र शाही (आर.बि)ले निर्देशन गरेका हुन्। फिल्ममा कर्मा शाक्य र भिन्तुना जोशी र खुस्बु खड्का मुख्य भूमिकामा छन्। निर्देशक शाहीको कथा रहेको फिल्ममा पटकथा तथा संवाद भने राधा श्रेष्ठ र श्याम श्रेष्ठको छ।

फिल्म ‘बहादुर, परदेशी कान्छा’ लगायतको फिल्महरुमा अभिनय गरेका कलाकार तथा निर्मता श्याम ल्वागुणले फिल्मको निर्माण गरेका हुन्। उनलाई सुरेश गमालले निर्माणमा साथ् दिएका छन। सिम्प्पल लभ स्टोरी तथा संस्पेंन्स कथामा निर्माण भएको फिल्म ‘भ्रम’मा कृष्ण श्रेष्ठको सिनेमाटोग्राफी, कुमार महर्जनको द्वन्द र रक्की धांसुको संगीत तथा गोविन्द प्रभातको कोरियोग्राफी छ।

SUBSCRIBE 👉