‘मुखौटा’मा सौगातको अश्लील गाली (भिडियोसहित)


ग्ल्यामर नेपाल, काठमाडौं । बहुप्रतिक्षित फिल्म ‘मुखौटा’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ। अभिनेता अर्पण थापाको पहिलो निर्देशन र करिब आधा दर्जन चर्चित अनुहारको अभिनयका कारण फिल्म प्रतिक्षित बनेको हो । शुक्रबार सार्वजनिक गरिएको ट्रेलरले झन् धेरैको ध्यान तान्ने देखिएको छ। ट्रेलरमा समावेश अभिनेता सौगात मल्लको अश्लील गालीका बारेमा विभिन्न टिकाटिप्पणी सुरु भएको छ। उक्त संवाद र एक्सन दृश्यका कारण फिल्मले एडल्ट सर्टिफिकेट पाउने अनुमान गरिएको छ।

saugat-mallaरिफ इन्टरनेटमेन्टको ब्यानरमा निर्माण भएको ‘मुखौटा’मा अपर्ण र सौगातसँगै राजेश हमाल, सुनिल थापा, दयाहाङ राई, रविन तामाङ, प्रशान्त ताम्राकार, निशा अधिकारी, हर्षिका श्रेष्ठलगाएतका कलाकारको अभिनय रहेको छ। ग्याङस्टारको कथा भन्ने यस फिल्मको द्धन्द्ध निर्देशन चन्द्र पन्तले गरेका हुन्। नरेन्द्र मैनालीले खिचेको फिल्मका गीत कालीप्रसाद रिजालले लेखेका हुन् । फिल्मप्रतिको अपेक्षा कतिको पुरा हुने हो ? १६ जेठमा फिल्म रिलिजपछि नै थाहा हुनेछ।

Watch Nepali Movie “MUKHAUTA” Trailer

rajesh-hamal-mukhauta-video

SUBSCRIBE 👉