सुगम पोखरेलको अवाजमा फिल्म ‘लेक साईड’को टाईटल गीत रिलीज


सांगीतिक प्रेम कथामा आधारित फिल्म ‘लेक साइड’को टाइटल गीत रिलिज भएको छ। गीतमा सुगम पोखरेलको स्वर सुन्न सकिन्छ भने दिनेश सुनारको शब्द र चन्द्र ज्योती ढुंगानाको संगीत छ।

Nita Dhungana Jivan Luitel

गीतमा पर्यटकीय नगरी पोखरको लेकसाइडमा एउटा युवकले संगीत क्षेत्रमा हात हालेपछि भोग्नुपरेको विविध पीडालाई फिल्ममा प्रस्तुत गरिएको छ। फिल्मका लिड कलाकार नीता ढुंगाना र जीवन लुइटेललाई फ़िचरिंग गरिएको छ। फिल्ममा दीपक ढाकल र एन्जल ढुंगानाको पनि मुख्य भूमिका रहेको छ।

Nepali Movie LAKE SIDE – Title Song | Watch Here

आशुतोष फिल्म्स प्रोडक्शन र चन्द्रज्योती फिल्म्स को ब्यानरमा ‘लेक साईड’ निर्माण गरिएको हो। राजु अधिकारीको निर्देशनमा बनेको यो फिल्ममा एन्जल ढुंगानाले लगानी गरेका छन् भने इंदिरा तिवारी ढुंगाना कार्यकारी निर्माता हुन्। पवन गौतमले खिचेको फिल्म तारा थापा किम्लेको संपादन गरेका हुन।

तेजेन्द्र कँडेलको र बेनी ढुंगानाको संयोजनमा यो फिल्म आगामी नयाँ वर्षको अवसर पारेर बेल्जियममा रेड कार्पेड सहित भव्य प्रिमियर गरिने निर्माण युनिटले जानकारी दिएको छ।

SUBSCRIBE 👉