बलिउड नायिका प्रियंकाले नेपाली फिल्म निमार्ण गर्ने


हलिउड फिल्मी बजारमा समेत छाइरहेकी बलिउड नायिका प्रियंका चोपडाले सिक्किम बेसमा नेपाली फिल्म बनाउने भएकी छिन्। प्रियंकाले आफ्नै होम प्रोडक्शनबाट फिल्म निर्माण गर्न लागेकी हुन्।

priyanka-chopra-nepali-film

स्थानीय स्तरका स्रोत साधनको प्रयोग गरेर स्थानिय स्तरकै कलाकारलाई मौका दिने उक्त फिल्म निर्माण कार्य अघि बढीरहेको खबर प्राप्त भएको छ। प्रियंकाले बनाउन लागेको सिक्किम-नेपाली फिल्म ‘पौवा’मा कलाकार र क्रु मेम्बरहरु नेपाल र सिक्किमका हुने प्रियंकाकी आमा मधु चोपडाले जानकारी दिएकी छिन्।

पौवाको अर्थ पाहुना हुन्छ। यो फिल्मको कथा आमा बुवाबाट टाढिएका बालबालिकाको वरिपरि घुम्नेछ। यसपछि प्रियंकाले भारतको राजस्थान र छत्तिसगढमा फिल्म निर्माण गर्ने पनि आमा मधुले जानकारी दिएकी छिन्।

प्रियंकाले होम प्रोडक्शन पर्पल पेबलबाट यो भन्दा पहिले मराठी फिल्म भेन्टिलेटर, भोजपूरी फिल्म बम बम बोल हा है निर्माण गरिसकेकी छिन्। त्यस्तै उनले पंजाबी फिल्म श्रावण निर्माण गरिसकेकी छिन्।

SUBSCRIBE 👉