मिलन चाम्सको ‘ह्याप्पी डेज’ लन्डनमा इन्डक्ल्याप


निर्देशक मिलन चाम्सको फिल्म ‘ह्याप्पी डेज’ लन्डनमा इन्डक्ल्याप भएको छ। फिल्म ४५ दिन सम्म इंग्ल्यान्ड, वेल्स र स्कटल्यान्डमा छायाँकन गरिएको हो। फिल्मको छायाँकन सकिएपछि फिल्म निर्माण युनिट स्वदेश फर्किएका छन्। नायिका प्रियंका कार्की भने न्यूयोर्क पुगेकी छिन। निर्देशक चाम्स नेपाल फर्किएर सृष्टि केसी माथि निर्माण हुन लागेको बायोपिक फिल्म ब्लाइन्ड रक्समा व्यस्त हुने भएकाछन्।

Happy Days: Priyanka Karki Sanjay Gupta | Directed by Milan Chams

Happy Days: Priyanka Karki, Sanjay Gupta | Directed by Milan Chams

चाम्स इन्टरटेनमेन्ट ब्यानरमा निर्माण भईरहेको यो फिल्मलाई सपन इन्टरटेनमेन्टले सहयोग गरेको छ। सोसल ड्रामा फिल्मले बेलायती केटीकालागी दुई नेपाली ठिटाहरुको संघर्ष उजागर गर्नेछ। मिलन चाम्सको यो तेस्रो फिल्म हो। यसअघी उनले ‘हँसिया’ र ‘वीर विक्रम’ को निर्माण / निर्देशन गरिसकेका छन्। उनले फिल्म ‘ह्याप्पी डेज’ को निर्माणमा कुनै सम्झौता नगरेको बताए।

‘ह्याप्पी डेज’ को एक्सक्लुसिभ तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्

दयाहाङ राई, प्रियंका, संजय गुप्ता, विक्की जोशी, मोनिका गुरुङ, रुपा राना, रितेश चाम्स, जेन बकल, हुप थापा लगायतको अभिनय छ। बीपी खनालको प्रस्तुति, भवानी शर्मा, हिराल जोशी र चाम्सको निर्माण छ।

SUBSCRIBE 👉