छविले शिल्पालाई नै बनाए ‘हवल्दार सुन्तली’


Shilpa-Pokhrel_Photo_Kamal-Shrestha

Actress Shilpa Pokhrel

ग्ल्यामर नेपाल, काठमाडौं । पछिल्लो समय निर्माता छविराज ओझा र नवअभिनेत्री शिल्पा पोखरेलको सम्बन्ध निकै चर्चामा छ । कतिसम्म भने उनीहरु बिहेको तयारीमा रहेको भन्ने समेत सुनिन थालेको छ । छविले फिल्म ‘लज्जा’बाट शिल्पालाई भित्र्याएका हुन् । यहीबीच ‘लज्जा’ रिलिज नभई छविले आफ्नो नयाँ फिल्म ‘हवल्दार सुन्तली’मा शिल्पालाई अनुबन्ध गरेपछि उनीहरुको सम्बन्धले थप चर्चा पाउने देखिएको छ । ‘लज्जा’पछि उनले शिल्पालाई अन्य फिल्ममा खेल्न दिएका छैनन्।

निर्देशक ऋषि लामिछानेले रेखा थापालाई खेलाउने प्रयास गरेका थिए तर पनि अन्तमा शिल्पाले नै बाजी मारेकी छिन् । रेखाले मिडियामा ‘चाहेको भए छविलाई सडकमा ल्याउनसक्थें’ भन्ने अभिव्यक्ति दिएपछि छवि निकै मर्माहात बनेका छन् । सोही कारण रेखालाई देखाउनकै लागि उनी शिल्पालाई ‘स्ट्रङ’ बनाउन चाहिरहेको देखिन्छ।

एक्सन श्रेणीको ‘हवल्दार सुन्तली’ शिल्पासँगै किशोर खतिवडा र सविन श्रेष्ठको पनि अभिनय रहने छ । किशोर र सविनलाई पनि रजतपटमा डेब्यु गराएका हुन् । जेठबाट छायाँकन सुरु यस फिल्ममा दीपक शर्माको संगीत सुन्न सकिनेछ।

SUBSCRIBE 👉