माघ २८ बाट नीता ढुंगाना र जीवन लुँइटेलको लेक-साइड रोमान्स


निर्देशक राजु अधिकारीले निर्देशन गरेको फिल्म ‘लेक साइड’ आगामी माघ २८ गतेबाट अल नेपाल रिलिज हुने भएको छ। पर्यटकीय नगरी पोखराको लेकसाइडमा एक युवक संगीत क्षेत्रमा लागेपछि भोग्नुपरेको विविध पीडालाई प्रस्तुत गरिएको फिल्ममा नीता ढुंगाना र जीवन लुँइटेल प्रमुख भूमिकामा छन्। फिल्ममा दीपक ढकाल र एन्जल ढुंगानालगायतको पनि अभिनय छ।

आशुतोष फिल्म्स प्रोडक्शन र चन्द्रज्योती फिल्म्सको प्रस्तुतिमा निर्माण भएको फिल्ममा एञ्जल ढुंगानाको लगानी छ। इन्दिरा तिवारी ढुंगाना कार्यकारी निर्माता रहेको फिल्ममा मौनता श्रेष्ठको पटकथा तथा संवाद, पवन गौतमको छायांकन र तारा थापा किम्भेको सम्पादन छ।

SUBSCRIBE 👉