निर्देशक आचार्यलाई पितृशोक


ग्ल्यामर नेपाल, काठमाडौं । २०७० को अन्त्यमा रिलिज भएर हालसम्म पनि सफलतापूर्वक प्रदर्शन भईरहेको फिल्म ‘नाइ नभन्नु ल २’का निर्देशक विकास आचार्यलाई पितृशोक परेको छ । उनको पिता देवीसादको ८४ वर्षको उमेरमा मातातिर्थ औशीको दिन अर्थात मंगलबार बिहान विराटनगरस्थित निजी निवासमा निधन भएको हो । आचार्य मुटुको समस्याबाट पीडित थिए।

bikash acharya

Bikash Acharya

फिल्म लेखनमा सक्रिय विकासले फिल्म ‘नाइ नभन्नु ल’बाट निर्देशनमा डेब्यु गरेका हुन् । यो फिल्मपछि उनले निर्देशन गरेको फिल्म ‘रिदम’ले पनि राम्रो व्यापार गरेको थियो । देवीप्रसादका निर्देशक आचार्यसहित ५ दाजुभाई छन् । परिवारका साइला सन्तान विकासका जेठा दाजु शैलेश पनि फिल्म निर्देशक नै हुन् । धेरै फिल्ममा आफ्नो निर्देशन कला देखाइसकेका शैलेशद्वारा निर्देशित पछिल्लो फिल्म ‘खग्रास’ हो।

SUBSCRIBE 👉