माघ २२ गते तुलसिपुरमा डान्स आईकन दाङको ग्राण्ड फाईनल


मध्यपस्चिमाञ्चल स्तरीय नृत्यको महासंग्राम डान्स आईकन दाङको ग्राण्ड फिनाले यहि माघ २२ गते तुलसिपुरमा हुँदैछ। गत जेष्ठ १ गतेबाट सुरुभएको डान्स आईकन दाङको ग्राण्ड फिनालेमा रोल्पा, दाङ, सल्यान, प्युठान र बाँके बाट जम्मा १७ जनाले कूल १७ बिद्यामा प्रतिस्पर्धा गर्देछन्।

बिजेता, पहिलो रनर अप, दोस्रो रनर अप, तेस्रो रनर अप, डान्स किङ्ग, डान्स क्विन, सुपर डान्सर, पब्लिक च्वाईस अवार्ड, डाईरेक्टर्स च्वाईस अवार्ड, जज च्वाईस अवार्ड तथा राउण्ड टप समावेश गरिने छ। ग्रान्ड फिनालेको निर्णायक मण्डलमा नृत्य क्षेत्रका हस्तिहरुलाई समावेश गरिने बताईएको छ।

दाङ जिल्लालाई आधार मानेर जिल्लामा मध्यपस्चिमाञ्चल स्तरीय नृत्य प्रतियोगिता डान्स आईकन दाङ (डि.आई.डि) सर्वाधिक ठूलो धनरासिको हो। यो नृत्य प्रतियोगितको विजेताले नगद रु. १ लाख ११ हजार १ सय १ रुपैयाँ नगद पाउने छन् भने ५ वटा म्युजिक भिडियोहरुमा मोडलिङ्ग गर्ने अवसर समेत पौने छन्। साथै आकर्षक गिफ्ट ह्याम्परहरु प्राप्त गर्ने छन्।

SUBSCRIBE 👉