फ्लोरमा पल र पुजाको “म यस्तो गीत गाउँछु”


सुटिंग शुरु हुनु अगाडी नै चर्चामा रहेको फिल्म “म यस्तो गीत गाउँछु” को सुटिंग शुरु भएको छ। फिल्मका कलाकार, प्राबिधिक र निर्देशकले क्यामेरा उजा गर्दै काठमाडौँ सानो भर्यांग स्थित एक घरबाट सुटिंग शुरु गरिएको छ। ४० दिनको सुटिंग सेड्युल लिएर निर्देशक थापाले क्यामेरा अन गर्दै सुटिंग शुरु गरिएको हो।

यो फिल्ममा नायक पल शाह र नायिका पुजा शर्माको मुख्य भूमिका छ। फिल्ममा सरोज खनाल, रुपा राना, प्रज्ज्वल सुजल गिरीको पनि मुख्य भूमिका छ। “सत्य” पात्रको भूमिकामा पल शाह देखिदै छ्न भने नायिका पुजा शर्मा “छायाँ” को भूमिकामा देखिने छिन्। सत्य र छायाँको प्रेम र आईपर्ने अबरोधको कथालाई यो फिल्मले उजागर गर्ने छ।

सुदर्शन थापा प्रडक्सनको ब्यानरमा निर्माण हुन लागेको यो फिल्मको सुटिंग काठमाडौँबाट शुरु गरेर पोखरा हुँदै उपल्लो मुस्तांग पुगेर सकिने बताईएको छ।

नायिका पुजा शर्मा यो फिल्मको सह- निर्मात्री हुन् भने निर्देशक सुदर्शन थापाले नै यो फिल्ममा लगानी गरेका छन्। फिल्ममा अर्जुन पोखरेलको संगीत, संजय लामाको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, विश्व गौतमको कस्ट्यूम डिजाइन रहने छ।

लभ स्टोरी फिल्म बनाएर चर्चा कमाएका सुदर्शन थापाको यो फिल्म पनि दर्शकहरुको प्रतीक्षाको सुचिमा छ। अघिल्ला फिल्महरुले जस्तै यो फिल्मले दर्शकहरुको अपेक्षा पुरा गर्ला कि नगर्ला कौतुहलताको बिषय बनेको छ।

SUBSCRIBE 👉