शुभेच्छाको स्तनमा माछा, नाम कमाउन खोज्दा बदनाम!


सिनेमा क्षेत्रमा प्रवेश गरेको डेढ दशक बितिसक्दा पनि कुनै चर्चा कमाउन नसकेकी अभिनेत्री हुन्, शुभेच्छा थापा। बार डान्सर हुँदै सिनेमाकी हिरोइन बनेकी शुभेच्छालाई अहिलेसम्म कुनै निर्माता/निर्देशकले लिड रोलमा पत्याएका छैनन। सोही कारण उनी आफैंले एउटा चलचित्र निर्माण गरेकी छिन, ‘मिस नेपाल’।

सुटिङ सुरु भएदेखि उनी यो चलचित्रबाट चर्चा पाउन निकै प्रयास गरिरहेकी छिन। कहिले नायक सविन श्रेष्ठसँगको हिमचिम त कहिले आफ्नै हिरोइनसँगको लफडा। मिस नेपालको टाइटल कपिराइटको बारेमा पनि धेरै विवाद भयो। तर यति चर्चाले पनि नपुगेपछि उनले हालै अर्काको कन्सेप्ट कपि गरेर टपलेस फोटोसुट गराएकी छिन्। कलेज पढ्ने छोरीकी आमा शुभेच्छाले आफ्नो स्तन माछाले छोपेकी छिन। जुन हेर्दा असाध्यै भद्धा देखिएको छ।

‘मिस नेपाल’को पोस्टर पहिले नै सार्वजनिक भइसकेको थियो तर खासै चर्चा नभएपछि उनले आफ्नै कपडा उतारेकी छिन। फिल्मले प्रदर्शनको मिति घोषणा गर्न नसकिरहेको बेला सार्वजनिक भएको यो पोस्टरले उनको नामभन्दा बदनाम गराउने चर्चा चल्न थालेको छ।

SUBSCRIBE 👉