हर्षिकालाई भुल्न नसकेपछि मोहनलाई एस्तो पिडा


जेठको अन्तिम साताबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मेरी कुसुम’ ट्रेलर सार्वजनिक भएसँगै चर्चामा छ। रुद्राक्ष फिल्मस्को प्रस्तुतीमा तयार भएको यो चलचित्रलाई एन.आर घिमिरेले निर्देशन गरेका हुन्।

चलचित्रमा समावेश ‘भुल्न तिमीलाई सकिन’ बोलको गीतको भिडियो रिलिज गरिएको छ। भिडियोमा चलचित्रका मुख्य कलाकार मोहन बोगटी र हर्षिका श्रेष्ठलाई फिचरिङ गरिएको छ। आफूले माया गरेको मान्छेबाट टाढा बस्नुपर्दाको पीडा यो गीतमा देखाइएको छ। यो गीतमा टंक बुढाथोकीले नै संगीत, स्वर तथा शब्द भरेका छन्। सुनिता शर्मा बोगटी निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता रुद्र खनाल हुन्।

‘भुल्न तिमीलाई सकिन’ – भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

एक्सन र लभ स्टोरी कथामा बनेको यो चलचित्रको प्रदर्शन नेपाल अगाडि विभिन्न मुलुकमा गरिनेछ। नेपालमा जेठ २५ गते रिलिज हुनेछ। चलचित्रमा दिव्यराज सुवेदीको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, प्रितम पाण्डेको सम्पादन, सम्राट बस्नेतको एक्सन छ।

SUBSCRIBE 👉