तस्विरहरुमा “म एस्तो गीत गाउँछु” । एस्तो देखियो पल र पुजाको प्रेम


सूटिंग हुँदै गरेको फिल्म ‘म यस्तो गीत गाउँछु’ को केहि तस्बिरहरु सार्वजनिक भएका छन्। फिल्मको सुटिंग सुरु भएपछि पहिलो पटक यी तस्बिरहरु सार्वजनिक भएका हुन्।

फिल्ममा शमाबेश गरिएको ‘किन आजकल तिम्रो मन मैलो भो’ बोलको गीतको सूटिंग हुँदै गर्दा खिचिएका यी तस्विरहरुमा चलचित्रका मुख्य २ कलाकार पल शाह र पूजा शर्मालाई देख्न सकिन्छ। फिल्ममा सरोज खनाल, रुपा राना, राजाराम पौडेल, प्रज्वल सुजल गिरी लगायतका कलाकारको मुख्य भूमिका छ। फिल्मलाई सुदर्शन थापाले निर्देशन गर्दैछन।

फिल्मलाई निर्देशक सुदर्शन थापाले निर्देशन गरिरहेका छन्। पोखराको आसपासका रोचक दृश्य कैद गरेपछि अप्पर मुस्ताङमा चलचित्र खिचिने सुदर्शनको भनाई छ। पहिलो पटक चलचित्रको पर्दामा जोडी बनेका पल र पूजाले भने–काम एकदमै रमाइलो भैरहेको छ। सुदर्शन थापा नै निर्माता रहेको चलचित्रकी सह–निर्मात्री नायिका पुजा शर्मा हुन्।

SUBSCRIBE 👉