समुद्री किनारमा पल र आँचलको रोमान्स । जोनी जेन्टलम्यान भिडियो गीत रिलिज


नायक पल शाह र नायिका आँचल शर्माको अभिनय रहेको फिल्म ‘जोनी जेन्टलम्यान’को गीत रिलिज गरिएको छ। राजधानीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै ‘तिमी विना मान्दैन’ बोलको गीत रिलिज गरिएको। गीतको भिडियोमा पल र आँचलको केमेष्ट्री गजबको देखिएको छ। रिलिज गरिएको गीतको छायांकन भारतका विभिन्न स्थानमा गरिएको छ। गीतमा हर्कुलस बस्नेतको स्वर, शब्द तथा संगीत छ ।
फिल्मको गीत यहाँ हेर्नुहोस्

योर स्टाइल पिक्चर्स र एजी इन्टरटेन्मेन्टको संयुक्त प्रस्तुति रहेको यो फिल्मका निर्माता एन्ड्रेउ पौडेल हुन् भने कार्यकारी निर्माता अजय मल्ल ठकुरी हुन्। म्युजिक भिडियोका माहिर निर्देशक नितिन चन्दले निर्देशन गरेको यो फिल्म जेठ १९ गते बाट प्रदर्शनमा आउन लागेको छ। -१ करोड भन्दा बढी लागतमा तयार भएको यो फिल्मलाई लभ स्टोरी जनरामा निर्माण गरिएको बताइएको छ।
पल शाह र आँचल शर्माको रोमान्टिक तस्विरहरु यहाँ हेर्नुहोस्

In Pictures: Johnny Gentleman Couple – Paul Shah & Anchal Sharma

SUBSCRIBE 👉