मंसिर १५ बाट प्रियंका कार्की र दयाहाङ्ग राईको शुरु हुनेछ ह्याप्पी डेज


मिलन चाम्स निर्देशित ‘ह्याप्पी डेज’को अफिसियल टीजर रिलिज गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ। यो फिल्म मंसिर १५ (डिसेम्बर १) मा अल नेपाल रिलिज हुनेछ। निर्माता एवं निर्देशक चाम्सले प्रदर्शन मितिको पुष्टि गरेका हुन्। लन्डन, अष्ट्रेलिया र हङकङमा भने अगस्ट १ (साउन १७) मा एकसाथ प्रिमियर हुने भएको छ।

साढे दुई करोड रुपैयाँ बजेट बताइएको फिल्मलाई चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको हो। बीपी खनालको प्रस्तुति, भवानी शर्मा, हीराल जोशी र चाम्सको निर्माण रहेको यो फिल्म निर्माण शुरु गरे देखि नै निकै चर्चामा छ।

दयाहाङ राई, प्रियंका कार्की, संजय गुप्ता, विक्की जोशी, जोनिया लिम्बु अभिनित यो फिल्मले बेलायती आइडी भएकी युवतीलाई प्रेममा पार्न संघर्ष गर्ने दुई युवकको संघर्ष चित्रण गर्छ।
हेर्नुहोस् फिल्मको टिजर :

https://tv.glamournepal.com/happy-days-teaser-film-milan-chams

ताराप्रकाश लिम्बुको संगीत, सम्राट बस्नेतको एक्सन, मिलन चाम्स र कविराज गहतराजको नृत्य निर्देशन समावेश छ। चाम्स निर्देशित अर्को फिल्म ‘ब्लाइन्ड रक्स’ को अहिले सम्पादन हुँदैछ।

SUBSCRIBE 👉