असार ३० मा पल र पुजाको ‘म एस्तो गीत गाउँछु’


निर्माणाधीन चलचित्र ‘म यस्तो गीत गाउँछु’ को प्रदर्शन मिति तय गरिएको छ। चलचित्रका निर्माता तथा निर्देशक सुदर्शन थापाले २०७४ साल असार ३० गते देखि यो चलचित्रको प्रदर्शन हुने जानकारी दिएका छन्। पोखरामा केहि दृश्यहरु र गीतको सुटिंग सकेर काठमाण्डौ फर्के लगतै थापाले चलचित्रको प्रदर्शन मिति फाइनल गरेका हुन्।

यो चलचित्रमा अहिलेका चर्चित नायक पल शाह र नायिका पूजा शर्माको मुख्य भूमिका छ। साथमा सरोज खनाल, रुपा राना, राजाराम पौडेल, ‘भालु डन’को रुपमा परिचित नविन मानन्धरको मुख्य भूमिका छ।

‘मेरो एउटा साथी छ – देखि – प्रेमगीत’ सम्म आइपुग्दा लभ स्टोरी चलचित्र बनाउनमा सुदर्शन थापा माहिर देखिएका छन्। यसमाथि, यूवापुस्ताको रोजाइमा परेका पल र पुजाको जोडीका कारण पनि यो चलचित्र अहिले चर्चामा छ।

कुराकानीका क्रममा थापाले –‘हामीले सबै कुरा हेरेर असार ३० गतेलाई मिति तय गरेका छौ। अब चलचित्रको गीतको भिडियो खिच्न उपल्लो मुस्ताङ जाँदैछौ।’ उनलेले चलचित्रलाई उत्कृष्ट बनाउन कुनै सम्झौता नगरी धेरै मिहिनेत गरेको बताए। नायिका पूजा शर्माले भनिन्–‘कुनै पनि दृश्यमा संझौता नगरि हामीले चलचित्र बनाएका छौ। दर्शकहरुको माया यो चलचित्रबाट अझ धेरै पाउनेमा म आशावादी छु।’

चलचित्रमा अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी, संजय लामाको छायांकन छ।

SUBSCRIBE 👉