भूटानी शरणार्थीको जीवनमाथि ‘देश खोज्दै जाँदा’ (हेर्नुहोस् ट्रेलर)


भूटानी शरणार्थीहरुको कथामाथि निर्माण भएको फिल्म ‘देश खोज्दै जाँदा’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ। राजधानीमा एक कार्यक्रमविच फिल्मको अफिसियल ट्रेलर र रिलिज मिती सार्वजनिक गरिएको हो।

दुई मिनेट ६ सेकेण्डको ट्रेलरमा भुटानी शरणार्थीको आन्दोलन, दुःख, भावना र यथार्थलाई देख्न सकिन्छ। फिल्मको रिलिज मिती जेठ–१२ गतेलाई तय गरिएको छ। यो फिल्मलाई साहित्यकार प्रकाश आङदेम्बेले निर्देशन गरेका हुन्। यो उनको पहिलो निर्देशकिय फिल्म हो।

पाँचवर्षभन्दा लामो समयको अध्ययन र अनुसन्धानपछि आफुले यो फिल्म निर्देशन गरेको उनले बताए। ‘दुई दशकभन्दा लामो समयसम्म नेपालमा शरणार्थी जीवन बिताउन बाध्य नेपाली भाषी भुटानी नागरिकहरुको वास्तविक कथा हो यो,’ फिल्मबारे आङदेम्बेले भने, ‘भुटानी शरणार्थीहरुको मौलिक, रहस्यात्मक तथा पारिवारिक जीवनका आन्तरिक तथा वाह्य द्दन्द्दलाई मार्मिक र समवेदनशीलताका उजागर गर्न खाजेका छौं।’

फिल्मको कथा निर्देशक आङदेम्बेकै हो। यसलाई कवि समेत रहेका उपेन्द्र सुब्बाले पटकथामा ढालेका हुन्।
फिल्मको ट्रेलर यहाँ हेर्नुहोस्

https://tv.glamournepal.com/desh-khojdai-jada-based-bhutanese-refugee-watch-trailer

फिल्ममा हेमन्त बुढाथोकी, बाबु बोगटी, मिना कोइराला, अरुणा कार्की, सरीता वली, तिब्ब्त राई, एलपी जोशी, शिवशंकर थापा, केशव आचार्य, टंक विकल्प, सुवास थापा, प्रताप सुब्बा लगायत कलाकारको अभिनय रहेको छ । कार्यक्रममा उपेन्द्र र हेमन्तले समेत भुटानी शरणार्थीको जीवनसँग फिल्ममार्फत जोडिन पाउँदा खुशी लागेको धारणा राखेका थिए।

यो फिल्ममा आभाषको संगीत, श्रवण मुकारुङको शब्द र स्वरुपराज आचार्यको स्वर रहेको छ । संजय लामाले खिचेको फिल्मलाई मनोञ्जन श्रेष्ठले सम्पादन गरेका छन्।

SUBSCRIBE 👉