हिरो रिटर्न्स : रेखा थापा र सविन श्रेष्ठको एक्सन


नायक सविन श्रेष्ठले निर्माण गरेको फिल्म ‘हिरो रिटर्न्स’को टिजर रिलिज भएको छ। एक्सन दृश्यहरुलाई प्राथमिकता दिइएको टिजरमा खलनायकको रुपमा सरोज खनाल देखिएका छन्। फिल्ममा नायिका रेखा थापाको साथमा सविन श्रेष्ठ र दिल श्रेष्ठको मूख्य भूमिका छ। आशिष भेटवालले निर्देशन गरेको यो फिल्ममा चन्द्र गौतम, सहदेव गौतम र भिम न्यौपानेले लगानी गरेका छन्। अमित श्रेष्ठ यसका कार्यकारी निर्माता हुन्।

‘हिरो रिटर्न्स’को टिजर यहाँ हेर्न सकिन्छ।

https://tv.glamournepal.com/action-pack-new-nepali-movie-hero-returns-teaser

मदन काश्यप घिमिरेले खिचेको फिल्म मित्र गुरुङले सम्पादन गरेका हुन्। फिल्ममा शिवम् अधिकारीको कथा, पटकथा तथा संवाद छ। चन्द्र पन्तको एक्सन र कविराज गहतराजको कोरियोग्राफी रहेको फिल्ममा टंक बुढाथोकीले संगीत भरेका छन्। फिल्मको प्रदर्शन मिति सार्बजनिक गरिएको छैन।

SUBSCRIBE 👉