दिपक दिपा को छक्का पन्जा २ शुरु – को बाहिरिए को भित्रीए ?


दीपक राज गिरी र दिपा श्री निरौलाले छक्का पन्जा २ सुटिंग शुरु गरेका छन्। गत वर्षको सर्वाधिक सफल चलचित्र छक्का पन्जाको सिक्वेल ‘छक्का पन्जा २’ को सूर्यविनायक मन्दिर परिसरमा पूजा-आजा गर्दै सुटिङ सुरु भएको हो।

यो फिल्ममा अधिकांश कलाकारहरु दोहोरिएका छन् भने केहि बहिरिएका छन् त केहि नयाँ कलाकार भित्रिएका छन्। फिल्मको लिड रोलमा स्वस्तिमा खड्का र स्वरूपपुरुष ढकाल देखिने भएका छन्। स्वस्तिमाले यसअघि ‘होस्टेल रिर्टन्स’ र ‘लभ लभ लभ’ मा काम गरिसकेकी छिन् भने स्वरूपपुरुष ढकालले ‘सुस्केरा’ नामक फिल्ममा काम गरेका थिए। दिपक दिपाको अघिल्ला प्रोजेक्टहरुमा सहकार्य गर्दै आएका निर्मल शर्मा (गैंडा) र धुर्मुस-सुन्तली भने यो फिल्ममा नरहने भएका छन्।

Deepak Deepa

निर्देशक विकासराज आचार्यको कथा रहेको यो फिल्म १ करोड २० लाख को लगानीमा निर्माण हुने बताईएको छ। ४० दिन भित्र सुटिंग सकाईने लक्ष्य रखिएको यो फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, शिवहरी पौडेल, वुद्धि तामाङ, प्रियंका कार्की, किरण केसी, बर्षा राउत, निश्चल बस्नेत लगायतका कलाकारहरुको अभिनय रहनेछ।

SUBSCRIBE 👉