माथिल्लो मुस्ताङ्गको चिसोमा पल र पुजाको हट रोमान्स – भिडियो


सुदर्शन थापाको निर्देशनमा बनेको बहुप्रतिक्षित फिल्म ‘म यस्तो गीत गाउँछु’ को एक भिडियो गीत रिलिज भएको छ। निर्देशक थापा कै शब्दमा संगीतकार अर्जुन पोखरेलले संगीत भरेको ”भन्छु आज मनका कुरा…” बोलको गीतको भिडियोमा फिल्मको मुख्य कलाकार पुजा शर्मा र पल शाहलाई फ़िचरिङ्ग गरिएको छ।

गीतको छायाँकन गरिएको स्थान, संजय लामाको छायाँकन कला, कविराज गहतराजको कोरियोग्राफी र बिश्व गौतमको आकर्षक डिजाइनका पोशाकहरु र पल र पुजाको लोभलाग्दो केमेष्ट्रीका कारण यो भिडियो उत्कृष्ट बनेको छ।

भिडियोका केहि दृश्यहरुले सुदर्शनको अघिल्लो फिल्म ‘प्रेमगीत’ को शिर्ष गीत ‘म यस्तो गीत गाउँछु’ को आभाष गराउँछ। सुगम पोख्रेल र अन्जु पन्तको सुमधुर आवाजमा गुञ्जिएको यो गीतले धेरै भन्दा धेरै स्रोता तथा दर्शकहरुको मन जित्ने कुरामा कुनै शंका छैन्।

“भन्छु आज मनका कुरा…” भिडियो गीत यहाँ हेर्नुहोस्

https://tv.glamournepal.com/ma-yesto-geet-gaauchu-song-bhanchhu-aajha-paul-shah-puja-sharma

SUBSCRIBE 👉