लाल्टिनमा एस्तो देखियो दयाहाङ्ग डन र प्रियंकाको हट अवतार


Priyanka Karki Dayahang Rai Lalteen

देवकुमार श्रेष्ठले निर्देशनमा बनेको फिल्म ‘लाल्टिन’ को ट्रेलर रिलिज भएको छ। फिल्मको ट्रेलरमा कमेडी सैलिमा ‘डन’ बन्न संघर्ष गर्ने दयाहाङ र बार गर्ल प्रियंकाको कथा देखाइएको छ। फिल्ममा दयाहाङ राई, प्रियंका कार्की, शिशिर भण्डारी, मेलिना मानन्धर, राज कटुवाल, निर्जन थापाको भूमिका छ। यो फिल्ममा केकी अधिकारी, ए गुरुङ लगायतका कलाकारको पनि विशेष भूमिका छ। यो फिल्म जेठ २६ गतेबाट अल नेपाल रिलिज हुँदै छ।

भानु प्रतापको प्रस्तुतीमा तयार भएको यो फिल्ममा अनिम श्रेष्ठ र राज केसीले लगानी गरेका छन्। मनोजराज भण्डारी, दीपक श्रेष्ठ यो फिल्मका सह-निर्माता हुन्। हरि घलेले खिचेको यो फिल्म अर्जुन जीसी र मिलन श्रेष्ठले सम्पादन गरेका हुन्। फिल्ममा विनोद ढकाल, किरण माइकल र डिजराज पौडेलको संगीत छ भने कविराज गहतराजको नृत्य निर्देशन छ।

ट्रेलर हेर्नुहोस्

https://tv.glamournepal.com/trailer-nepali-movie-lalteen-dayahang-rai-priyanka-karki

SUBSCRIBE 👉