आना र आशिरमानको ‘ग्याङ्गस्टर ब्लूजु’ – टिजर रिलिज


हेमराज बिसी निर्देशित फिल्म ‘ग्याङ्गस्टर ब्लूजु’को टिजर रिलिज भएको छ। टिजरमा आशिरमान देशराज जोशी र अभिनेत्री आना शर्मा सँगै संयम पुरी र रोजिशा शाही ठकुरी फिचरिङ छन्। फिल्मको नामले जस्तै टिजर पनि ग्यङ्गस्टर लाग्छ। आशिरमान देशराज जोशी यसै फिल्मबाट नेपाली फिल्मी क्षेत्रमा डेब्यु गर्दै छन्।

निर्माण घोषणाको समयदेखि नै उदयिमान प्रतिभाको रुपमा अनि फिल्म उद्योगको लागी आशाको किरण मानिएका आशिरमान देशराजको अभिनय टिजरमा बोल्ड देखिन्छ। फिल्म भित्र आना र आशिरमानको प्रेममा अभिनेत्री रोजिशा भिलेन अबतारमा प्रस्तुत भएको टिजरले छनक दिन्छ।

सरोज न्यौपानेको लगानीमा निर्माण भएको यो फिल्मले भदौ २ लाई प्रदर्शन मिति तय गरेको छ। फिल्मको प्रचारलाई थालनी गर्दै निर्माण टिमले शुक्रबार टिजर रिलिज गरेको हो।

टिजर हेर्नुहोस्

https://tv.glamournepal.com/teaser-new-nepali-movie-gangster-blues-anna-sharma-aashirman-deshraj-joshi

SUBSCRIBE 👉