ढल्क्यो ढल्क्यो गीतले दियो जीवनलाई फिल्म


Jiwan-luitel
ग्ल्यामर नेपाल, काठमाडौं। फिल्म ‘नैना रेशम’को शीर्ष गीत ‘ढल्क्यो ढल्क्यो’ गीत निकै चर्चित बन्यो। आम दर्शक तथा श्रोताले यो गीत मनपराइरहँदा नायक जीवन लुइँटेलले पनि यो गीत मन नपराउन सकेनन्। ‘मैले यो गीत निकै सुनेको थिएँ, तर फिल्मका निर्देशकलाई चिनेको थिइँन्,’नायक जीवन आइतबार फिल्म ‘शिशा’को प्रदर्शन मिति सार्वजनिक कार्यक्रममा भन्दै थिए,‘यति राम्रो गीतका निर्देशकले फिल्म खेल्न अफर गरेपछि मैले नकार्न सकिन्, किनकी यो फिल्ममा पनि राम्रा गीत संगीत छन्।’

निर्देशक आरबीके शरदले ‘शिशा’ले जीवन शिशा जस्तै संवेदनशिल छ, यसलाई जतन गरेर राख्नुपर्छ भन्ने सन्देश बोकेको बताए। उनले फिल्म साउन २३ मा प्रदर्शनमा आउन लागेको जानकारी गराए। ननस्टप क्रिएसन प्रोडक्सनको व्यानरमा निर्मित फिल्ममा अजिता सुमार्गी, महेश ढुंगेल, मधुसुदन ढकाल र विराट थापाको लगानी रहेको छ। फिल्ममा जीवनका अलावा शर्मिला मल्ला, शान्ति गिरी, उमा बेबी, रागिनी खड्गी, निर्मल सेञ्चुरी, दिपेश भण्डारी र बीएस राणाको अभिनय रहेको छ भने भारतका चर्चित फुटबलर भाइचुङ भुटिया विशेष भूमिकामा देखिँदैछन्।

कार्यक्रममा फिल्मकी नायिका उमा बेबीले आफु सिक्किमको बासिन्दा भएपनि नेपाली दर्शकले नेपाली छोरी सरह माया गरेको दाबी गरिन्। सिक्किम र नेपालमा छायांकन गरिएको फिल्ममा लक्की सिटौला र मनोज सिंहको संगीत, स्वरुपराज आचार्य, लक्की सिटौला, धर्मेन्द्र सेवान, प्रकाश सुनुवार, उदित – दीपा नारायण झाको स्वर, कलम राई र दिनेश अधिकारीको नृत्य, तारा थापा ‘किम्भे’को सम्पादन र कुमार बखती तथा रामकुमार केसीको छायांकन रहेको छ ।

कार्यक्रमको फोटो ग्यालरी हेर्न यहाँ क्लिक गर्नुहोस 

SUBSCRIBE 👉