प्रियंका कार्की, आयुष्मान देसराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारी, प्रमोद अग्रहरीको मुख्य भूमिका रहेको फिल्म ‘कथा काठमान्डू’ को छायाँकन सकिएको छ। चलचित्र कि निर्देशक संगीता श्रेष्ठले छायांकन २३ दिनमा सकिएको जानकारी दिएकि हुन्।
भिडियो जक्की (भिजे) तथा म्युजिक भिडियो निर्देशक संगीताले यसै चलचित्र मार्फत फिचर फिल्म निर्देशनको यात्रा शुरु गरेकी हुन्।
तिन चरणमा छायांकन गरिएको यो चलचित्रले तिन थरिका कथाहरुको उजागर गर्ने र तिनै वटा कथाका पात्रहरुको एक आपशमा सम्बन्ध रहेको बताईएको छ। संगीताले भनिन – ‘हामीले पहिलो पटक यस्तो कथामा चलचित्र बनाएका छौ।’
आहाना फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्र विजय राइको लगानीमा निर्माण भईरहेको छ। यो चलचित्रको प्रदर्शन मिति भने तय भएको छैन।
मिडिया गसिपहरुलाई पत्याउने हो भने – यसै चलचित्रको सुटिंग शुरु भएपछि प्रियंका र आयुष्मानको प्रेम सम्बन्ध झाँगिएको हो। उनीहरु अहिले गहिरो प्रेम सम्बन्धमा रहेको बुझिएको छ।








