SAD NEWS: मतदान गरेर फर्किएका कलाकार विक्रम परियारको हत्या


नेपाली रंगमञ्चमा सक्रिय कलाकार विक्रम परियारको हत्या भएको छ। परियार, विशेष गरी नाटक तथा रेडियो नाटकमा सक्रिय थिए। एक्टर्स स्टुडियो नेपालसँग आवद्ध परियार पछिल्लो समय गायनतर्फ पनि लागेका थिए।

स्थानीय तह पहिलो चरणको निर्वाचनमा मतदान गर्न तनँहू ब्यास पुगेका उनलाई मतदान गरेपछि घुम्न निस्कंदा साँझ ५ बजेतिर अज्ञात समुहले आक्रमण गरेको थियो। उनी मतदान गर्न शनिबार मात्रै दमौली पुगेका थिए। तनँहू व्यास १ को जलदेवी माध्यमिक विद्यालय मतदान केन्द्रबाट उनले मतदान गरेका थिए।

उनीसँग रहेका अन्य १ व्यक्ति गम्भीर घाइते छन्। ६ जनाको समूहमा आएका युवाहरुले आफूहरुलाई आक्रमण गरेको घाइते देव नारायण श्रेष्ठले बताए।

पहिचान नखुलेको व्यक्तिहरुको समूहले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। हत्या किन र कसले गर्‍यो भन्ने खुल्न सकेको छैन। घाइते श्रेष्ठलाई उपचारकालागि पोखरा लगिएको छ। घटनामा संलग्न व्यक्तिहरुको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

SUBSCRIBE 👉