यसरि खिचियो पल र पूजा को मनका कुरा (भिडियो)


नेपाली चलचित्रका निर्माताहरुले कमै मात्र मेकिङ भिडियो बनाएर सार्वजनिक गरेको पाइन्छ। तर दर्शक श्रोताहरुले औधी मन पराउनु भएको चलचित्र ‘म यस्तो गीत गाउँछु’ मा समावेश ‘भन्छु आज मनका कुरा’ बोलको गीत कसरि खिचियो ? भन्ने जानकारी दिनकालागि यो गीतको को मेकिङ भिडियो सार्वजनिक गरिएको छ। उपल्लो मुस्ताङमा निकै दुःखका साथ खिचिएको यो भिडियोको मेकिङ फुटेजमा निर्माण यूनिटको मिहिनेत देखिएको छ।

असार ३० गतेबाट रिलिज हुने यो चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका हुन्। गीतका कारण यो चलचित्र ट्रेलर सार्वजनिक नहुँदै चर्चामा छ। चलचित्रका मुख्य कलाकार पल र पूजाले यो गीतको भिडियो सुटिङको क्षण निकै यादगर भएको बताएका छन्। भिडियो हेर्नुहोस् :

अर्जुन पोखरेलको संगीत, सुगम पोखरेल र अन्जु पन्तको आवाज, सुदर्शन थापाको शब्द रहेको गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार पल शाह र पूजा शर्मालाई फिचर गरिएको छ। संजय लामाले छायांकन गरेको भिडियोको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन्।

SUBSCRIBE 👉