गायक नरेन लिम्बु अब नायक, सृष्टि श्रेष्ठ सँग हुनेछ अन स्क्रिन रोमान्स


युवापूस्तामाझ आफ्नो छुट्टै पहिचान बनाएका गायक नरेन लिम्बु अब नायक बन्ने भएका छन्। दुर्गिस फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘लाउरे’ मा उनि पहिलो पटक नायकको रुपमा देखिदैछन्। यो फिल्ममा उनले मोडल तथा नायिका सृष्टि श्रेष्ठ सँग अन स्क्रिन रोमान्स गर्नेछन्।

दुर्गिस फिल्म्सको यो पाँचौ प्रोजेक्ट हो। यस अघि दुर्गिस फिल्मस्ले सायद, सायद २, होस्टल र होस्टल रिटर्न्स निर्माण गरिसकेको छ। निगम श्रेष्ठले निर्देशन गर्ने यो फिल्ममा सुनिल रावल, इश्वर श्रेष्ठ, सुभास लामिछाने र भेषमणि श्रेष्ठले संयुक्त रुपमा लगानी गरेका छन्।

बेलायती सेनामा जागिर खानका लागि एक युवाले गरेको संघर्ष, युवापूस्ताको प्रेम, दुर्ब्यसन लगायतका विषयलाई लाउरेले उजागर गर्ने छ। यो फिल्ममा नरेन र सृष्टि सँगै बिक्रम सिं थारु, मिरुना मगर, शैलेन्द्र मल्ल, कृषा शाही र बिदेशी कलाकार जेनेट मेरी लेटर लगायतको अभिनय रहनेछ।

जेठ २१ गतेदेखि फ्लोरमा जाने यो फिल्मको गणेश मन्दिरमा पूजापाठ गर्दै शुभसाइत गरिएको छ। शुभसाइत कार्यक्रममा निर्माता रावलले चलचित्र पत्रकार संघलाई रु ५० हजार रुपैयाँ सहयोग समेत प्रदान गरेका छन्।

कस्तो देखियो, नरेन र सृष्टिको जोडी ? – कमेन्ट गर्नुहोस्

SUBSCRIBE 👉