सामाजिक घटना र जनचेतनामा आधारित नारी प्रतिसोध लघु फिल्म ‘अन्जली’


भनिन्छ , नारीको महिमा समाजमा एउटा प्रतिश्ठासङ्ग जडित हुन्छ, जस्को महिमा नारी आफैले जोगाउन सक्नुपर्छ। समाजमा थरीथरी किसिमका मानिसहरु बस्छन, त्यही भिडमा समाजको बिकृति र बिसङ्गती बिरुद्द लड्ने कोहिकोहि मात्र हुन्छ त्यै भिडको एउटा प्रतिनिधित्व हो छोटो (लघु) चलचित्र अन्जली।

फिल्म बिसुद्द नेपाली सामाजिक घटना र जनचेतनामा आधारित लघु फिल्म अन्जली अमृता ओलिको लेखन तथा निर्माणका बनेको हो। समाजमा बिद्द्मान नारीबाटै नारी प्रतीको प्रतिसोध र नारी भित्रकै शक्ती र नारिको माया र ममतामा हुदा घरपरिवार अनि समाजमा कस्तो खालको प्रभाब पर्दछ र त्यसले कस्तो परिबर्तन ल्याउदछ भन्ने कुरा फिल्मले बोल्नेछ। यो फिल्मको हालै छायाँकन कार्य सम्पन्न भएको छ।

थुप्रै म्युजिक भिडियो र शर्ट फिल्महरु निर्देशन गरिसकेका निर्देशक मदन खड्काको निर्देशन, गीतकार शिब पि सुबेदीको कथा, गीत र सङ्गितमा रहेको यस चलचित्रमा सुरबिर पण्डित ,रमा थापलिया, लब शर्मा, पलपसा डगोल, रिचा थापा, अमृता ओली, बरुण घिमिरे,सन्जय भण्डारी,अर्जुन श्रेष्ठकोअभीनय छ।

टंक केसिको छायांकन, बिकाश ज्ञवालीको सम्पादन तथा बरुण घिमिरेको निर्माण ब्यबस्थापनमा तयार लघु फिल्म अन्जली काठमाडौ आसपासका रमणिय ठाउमा छायांकन गरियको हो। यो लघु फिल्मको डाइलगहरु राज टिका पान्डेले तयार पारेका हुन।

SUBSCRIBE 👉