नरेन र लक्ष्मीको रोमान्स । श्रीमान्/श्रीमतिको मनमुटाव, हेर्नुहोस् एस्तो छ – मन्दिरा


एउटै घर भित्र छायांकन गरिएको भनेर चर्चामा रहेको चलचित्र ‘मन्दिरा’ निर्माण युनिटले पत्रकार सम्मेलन आयोजना गर्दै फिल्मको कथावस्तु खुलाएको छ। फिल्मका निर्देशक दीपेश सापकोटाले भने–‘यो काठमाण्डौको परिवेशमा घुमेको कथा हो। श्रीमान्–श्रीमतिको झगडापछि घरमा तेश्रो व्यक्तिको प्रवेश कसरी हुन्छ र त्यसले समस्या निम्त्याउछ भन्ने कथालाई चलचित्रमा प्रस्तुत गरिएको छ।’

यो फिल्ममा नरेन खड्का, जेवी डीसी, प्रवण भुषाल, लक्ष्मी बस्नेत, राजन सुवेदी, संझना श्रीपाली, राजन ढुंगानाको साथमा नव–कलाकारद्धय विनि पोखरेली र विनिता ओलीको मुख्य भूमिका छ।

भट्ट एन्ड सन्सको ब्यानरमा निर्माण भएको यो चलचित्रको प्रस्तुतकर्ता हरि भट्ट हुन्। चलचित्रमा सुसन प्रजापतिको छायांकन, अर्जुन बीसीको नृत्य निर्देशन, दयाराम पाण्डेको गीत, देव कोइमी राइको संगीत, अजित लामिछानेको पटकथा, उज्वल ढकालको सम्पादन छ। करुन अर्याल र उज्वल अर्याल निर्माता रहेको चलचित्रका सह–निर्माता सन्तोष सेढाई हुन्।

एउटै घरमा सम्पूर्ण छायांकन गर्न गाह्रो नभएको निर्माणपक्षको भनाई छ। पत्रकार सम्मेलनमा चलचित्रमा समावेश एउटा गीतको भिडियो पनि सार्वजनिक गरिएको थियो। यो फिल्म असार २३ गतेबाट रिलिज हुँदैछ।

SUBSCRIBE 👉