रोजिनाको गीतमा सम्पदाको प्रेम ईशारा


रोजिना थाम्सुहाङ (२०६४ को पाँचथर तारा) को नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। ‘एक ईशारा’ बोलको गीतको भिडियोमा मोडल सम्पदा बानियाँ र खेम सम्बहाम्फेको अभिनय रहेको छ।

म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

डि.पि. खनालका शब्दमा रहेको गीतमा प्रेमी-प्रेमीकाको प्रेमालाप दर्शाईएको छ। यो गीतमा धनु ज्ञाङ्मीको संगीत रहेको छ। भिडियोको निर्देशन देव जंग थापाले गरेका छन्। ज्ञानेन्द्र शर्माले छायांकन गरेको भिडियोमा टेकेन्द्र शाहको सम्पादन छ। भिडियोको छायांकन मकवानपुरको कुलेखानीमा गरिएको छ।

इस्ट कास्ट क्रियशनले भिडियो निर्माण गरेको यो गीतको अडियो ब्यवस्थापन डिएनपि म्यूजिक प्रा.ली.ले गरेको छ।

SUBSCRIBE 👉