पोस्टरमा एस्तो देखियो पल र पुजाको ‘म यस्तो गीत गाउँछु’


चलचित्र ‘मेरो एउटा साथी छ’देखि ‘प्रेमगीत’सम्म आइपुग्दा निर्देशक सुदर्शन थापा लभ स्टोरी चलचित्र निर्देशनमा अब्बल देखिएका छन्। उनै, सुदर्शनले निर्देशन गरेको पछिल्लो चलचित्र ‘म यस्तो गीत गाउँछु’ को गीत संगीत र ट्रेलरका कारण दर्शकमाझ अहिले चर्चामा छ। अर्जुन पोखरेलले संगीत भरेको यो चलचित्रका रिलिज भएका गीत र गीतको भिडियोहरु दर्शक श्रोताहरुले औधि मन पराएका छन्।

हालै सार्बजनिक गरिएको चलचित्रका पोस्टरहरुमा चलचित्रका मुख्य कलाकार हथकडी लगाएको अवस्थामा देखिएपछि असार ३० गतेबाट रिलिज हुन लागेको यो चलचित्रको कथावस्तुलाई लिएर अझै कौतुहलता बढेको छ। पोस्टरमा नायक पल शाह र नायिका पूजा शर्माको हातमा ‘हथकडी’ देखिएको छ। यसअघि निर्माणपक्षले सार्वजनिक गरेको ट्रेलर र गीतमा यस्तो दृश्य देखिएको थिएन।

सुदर्शनले भने – ‘चलचित्रको कथा अगाडि बढ्दै जाँदा पल र पूजाको हातमा हथकडी लगाइएको दर्शकले देख्नुहुनेछ। यसैका लागि पोष्टर पनि सोही अनुसार तयार पारिएको हो।’ अन्य केही पोष्टरमा पल र पूजा प्रेममा रमाएका छन्। पल र पूजाको जोडीको चर्चा, सुदर्शनको लभ स्टोरी मेकिङमा एक प्रकारको ब्रान्ड र संगीतका कारण ‘म यस्तो गीत गाउँछु’ चल्ने धेरैको अपेक्षा छ।

भिडियो स्लाइड सोमा हेर्नुहोस् सार्बजनिक भएका पोस्टरहरु

SUBSCRIBE 👉