‘म यस्तो गीत गाउँछु’ शिर्ष गीतको भिडियो रिलिज


Pooja Sharma Paul Shah

प्रतिक्षित चलचित्र ‘म यस्तो गीत गाउँछु’को शिर्ष गीतको भिडियो रिलिज गरिएको छ। शिर्ष गीतको अडियो भर्जन यस अगाडि नै हिट भैसकेको छ। सुदर्शन थापा निर्देशित यो चलचित्रले प्रेमको कथा भन्छ।

‘म यस्तो गीत गाउँछु’को शिर्ष गीतको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

सार्वजनिक गीतको भिडियोमा नायक पल शाह र नायिका पूजा शर्माको भावनालाई चित्रण गरिएको छ। संजय लामाको छायांकन, कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा पल र पूजा भावूक देखिएका छन्। यो गीतमा अर्जुन पोखरेलको संगीत, प्रमोद खरेल र अन्जु पन्तको स्वर, दिग्गज धौरालीको शब्द छ। यो गीत चलचित्रको टर्निङ पोइन्ट हुनसक्ने अनुमान लगाउन सकिन्छ।

असार ३० गतेबाट रिलिज हुन लागेको यो चलचित्रमा सरोज खनाल, रुपा राना, नविन मानन्धर, राजाराम पौडेल लगायतका कलाकारको पनि अभिनय छ।

SUBSCRIBE 👉