‘ग्याङस्टार ब्लुज’ ट्रेलर : आशिरमान र आनाको रोमान्स अनि एक्शन


नव-नायक आशिरमान देशराज श्रेष्ठ र नायिका आना शर्मा अभिनिति फिल्म ‘ग्याङस्टार ब्लुज’को ट्रेलर रिलिज भएको छ। फिल्म निर्माण युनिटले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरेको हो।

ग्याङस्टार कथामा आधारित फिल्मको ट्रेलरमा आशिरमानलाई धमाकेदार एक्सन अवतारमा देख्न सकिन्छ। ट्रेलरमा आशिरमानको एंग्री योङम्यान लुक्स आकर्षक लाग्छ। आशिरमान देशराज र आना शर्माको रोमान्स पनि ट्रेलरमा देख्न सकिन्छ। निर्देशक हेमराज बीसीको यो पाचौ निर्देशन हो। फिल्म ‘होस्टेल’बाट निर्देशकिय यात्रा शुरु गरेका हेमराजले होस्टेल सहित जेरी, सम्बोधन र गाजलु निर्देशन गरिसकेका छन्।

‘ग्याङस्टार ब्लुज’ ट्रेलर हेर्न यहाँ क्लिक गर्नुहोस्

यो फिल्ममा आना शर्मा, आशिरमान देशराज, संयम पुरी, प्रमोद अग्रहरि, रोजिशा शाही ठकुरी लगायतको अभिनय छ। मनिष पण्डित कार्यकारी निर्माता रहेका फिल्ममा सरोज न्यौपानेले पनि लगानी गरेका छन्। यसै फिल्मबाट फिल्मी नगरको यात्रा शुरु गरेका अभिनेता आशिरमानलाई सम्भावना बोकेका अभिनेताका रूपमा हेर्न शुरु भईसकेको छ।भदौ २ गते बाट यो चलचित्र प्रदर्शन हुँदै छ।

SUBSCRIBE 👉