हात्ती र स्कुटर चड्दै फिल्मको प्रमोसनमा पल र पुजा


असार ३० गते बाट रिलिज हुन लागेको फिल्म ‘म यस्तो गीत गाउँछु’ले आफ्नो प्रचार प्रसारलाई तिब्रता दिदै फिल्मका कलाकारहरु देशका विभिन्न स्थानहरु पुगेका छन्। चितवनमा हात्तीमा बसेर कलाकारहरु सरोज खनाल, पुजा शर्मा र पल शाह नारायणगढ बजार घुमे। उनीहरुलाई अर्का कलाकार तथा निर्देशक सोभित बस्नेतले साथ दिईरहेका थिए।

नारायणगढ बजारमा हात्तीमा चढेर उनीहरुले दर्शकलाई हात हल्लाउँदै ‘म यस्तो गीत गाउँछु’ हेरिदिन आग्रह गरे।असारे झरीको परबाह नगरी प्रचार अभियानलाई तिब्रता दिए। हात्तीमाथि कलाकार देख्दा दर्शकहरु मनोरंजित भए। चितवनमा फिल्मको प्रचारप्रसार पछि फिल्म प्रमोशन युनिट बुटवल पुगेको छ। वुटवलमा स्कुटर यात्रा गर्दै फिल्मको प्रमोशन गरिएको छ।

एस्तो छ – “म एस्तो गीत गाउँछु” – भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

पौल शाह र पुजा शर्माको मुख्य भूमिका रहेको यो फिल्ममा सरोज खनाल सहित रुपा,राना, मोहन निरौला,राजाराम पौडेल, शिशिर रानाको अभिनय छ। काठमाडौ पोखरा तथा माथिल्लो मुस्ताङमा छायाँकन गरिएको चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका हुन्।

SUBSCRIBE 👉