अष्ट्रेलियामा खिचिएको गायक सत्यराज आचार्यको नयाँ म्युजिक भिडियो


गायक सत्यराज आचार्यको ‘मधुशाला’ एल्बममा समावेश गरिएको ‘नचलाउ मलाई…’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । किरण कंडेलद्वारा संगीत संयोजन गरिएको उक्त गीतका गीतकार तथा संगीतकार पनि गायक सत्यराज आचार्य नै हुन्।

गीतको भिडियोमा एउटा सानो असमझदारीले पनि प्रेम सम्बन्धमा वाधा पुरयाउन सक्छ र समयमै सुल्झाउनु पर्छ भन्ने भावना समेटिएको छ। अष्ट्रेलियामा छायांकन गरिएको यो म्युजिक भिडियोको निर्देशन सुरेन श्रेष्ठले गरेका हुन्। भिडियोमा निर्देशक स्वयम सुरेन श्रेष्ठले नै अभिनय समेत गरेका छन भने निशा श्रेष्ठले अभिनयमा डेब्यू गरेकी छिन्।

‘नचलाउ मलाई…’ म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

भिडियोको छायांकन टेक बयलकोटीले गरेका हुन् भने निशान घिमिरे यो भिडियोका सम्पादक हुन्। यो म्युजिक भिडियो बिन्ध्यवासिनी म्युजिकको यु ट्युव च्यानलबाट रिलिज गरिएको हो।

स्मरणरहोस्, सत्यराज आचार्यको ‘मधुशाला’ एल्बम विश्वकै पहिलो ऐतिहासिक एल्बम हो, जसमा एकै जना श्रष्टाले स्वर, संगीत तथा शब्द रचना गरेका छन्।

SUBSCRIBE 👉