फिल्म ‘छक्का पन्जा २’ को रमाईलो गीत ‘ए दाजु नसमाउ नाडीमा…’ रिलिज


गत वर्षको सुपरहिट फिल्म ‘छक्का पन्जा’को सक्वेल ‘छक्का पन्जा २’ को पहिलो गीत रिलिज भएको छ। दीपाश्री निरौलाको निर्देशनमा तयार भएको फिल्मको ‘ए दाजु नसमाउ नाडीमा’ बोलको गीतमा फिल्मका मुख्य कलाकारहरु देखिएका छन्।

गीतमा स्वस्तिमाको जोडी स्वरुप पुरुष ढकाल र जितु नेपालको जोडीमा वर्षा राउत देखिन्छिन्। केदार घिमिरे भने एक्लो देखिएका छन्। गीत गाउँदै, कम्मर मर्काउदै कलाकार जीतु नेपाल, केदार घिमिरे (माग्नेबुढा), वर्षा राउत, स्वस्तिमा खड्का र स्वरुप पुरुष ढकाल डिजेल गाडीमा हुइकिएका छन्। गीतको कोरियोग्राफर कविराज गहतराज हुन्।

ए दाजु नसमाउ नाडीमा… भिडियो गीत हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रिन्स र दीपकराज गिरीले लेखेको गीतमा अल्मोडा राना उप्रेती र सुजाता बर्माले स्वर दिएका छन्। संगीत प्रिन्स र अल्मोडा राना उप्रेतीको रहेको छ। फिल्मका कार्यकारी निर्माता विकास आचार्य हुन्। यो फिल्म असोज ११ गतेबाट प्रदर्शनमा आउंदै छ।

SUBSCRIBE 👉