दीपाश्रीले पाईन पति, बहिनीले पाईन भिनाजु !


यसपालीको तीज बिशेष हुने भएको छ। १६ करोड बढिको व्यापार गर्न सफल चलचित्र ‘छक्का पञ्जा’की निर्देशक तथा हाँस्य कलाकार दीपाश्री निरौलाकी बहिनी रनुले भिनाजु पाएकी छिन्।

‘बहिनीको भिनाजु’ बोलको तीज गीतमा दीपाश्रीले श्रीमान पाएको र रनुले भिनाजु पाएको उल्लेख छ। भिनाजु बनेका छन् नायक सञ्जोग कोईराला। गीतमा दीपाकी बहिनीले रनुले नै अभिनय गरेकी छिन्।

गीतमा दीपाले सञ्जोगलाई सिधै आफ्नो श्रीमान नभनेर ‘नन्दको दाजु, बहिनीको भिनाजु’ भनेकी छन्। प्रशान्त पौडेकको लय तथा शब्दमा रहेको गीतलाई शोभा थापाले गाएकी छन्।

दीपाश्रीलाई बेहुली र सञ्जोगलाई बेहुला बनाईएको गीतको भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका छन्। छायाँकार बासु बराल हुन् भने सम्पादक मिलन बिक हुन्। गीतको अडियो भिडियोलाई बिशेस फिल्मसले ब्याबस्थापन गरेको छ।

म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

SUBSCRIBE 👉