ट्रेलरमा एस्तो छ, जुरेली र दारीको ‘२ रुपैयाँ’


‘कुटुमा कुटु सुपारी दाना…’ फिल्म ‘२ रुपैँया’को यो गीत अहिले चर्चाको शिखरमा छ। यो गीतमा फिल्मका कलाकारहरु निश्चल बस्नेत, आसिफ शाह र बुद्धि तामांगले नायिका स्वस्तिमा खड्कासँग कम्मर मर्काएका छन्। यसै फिल्मको अर्को गीत ‘टल्क्यो जवानी…’ बोलको गीत पनि चर्चामा छ यतिबेला। यो गीतमा आसिफ र निश्चलले अर्की मोडल तथा नायिका सुमी मोक्तान संग कम्मर भाँचेका छन्। दुवै गीतको भिडियो आकर्षक छ।

यसै विच फिल्म निर्माण कम्पनि जिटूवान प्रोडक्शन र ब्ल्याक हर्स पिक्चर्सले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्बजनिक गरेको छ। ट्रेलरमा फिल्मका मुख्य पात्र जुरेली र दारीले पैसा कमाउन गर्ने संघर्षको कथा देखाईएको छ। यो ट्रेलर एक्शन र क्राइम केन्द्रित देखिन्छ।

‘२ रुपैँया’को ट्रेलर हेर्न यहाँ क्लिक गर्नुहोस्

असिम शाहको निर्देशनमा निर्माण भएको यो फिल्ममा निश्चल बस्नेत, आसिफ शाह र बुद्धी तामाङको साथमा मेनुका प्रधान, रबिन्द्र झा, राजन इशान, टिका पहारी, प्रतिक राज न्यौपाने, विशारत बस्नेत लगायतको अभिनय छ। आशिष रेग्मि र आशिफ शाहले लेखेको कथामा बनेको फिल्मलाई शिवराम श्रेष्ठले खिचेका हुन्। यो फिल्म भदौ २३ गतेबाट अल नेपाल रिलिज हुँदैछ।

SUBSCRIBE 👉