पशुपति क्षेत्रभित्र ‘हुर्रे’ । केकीले बेच्नेछिन फुल


Keki Adhikari Glamour Nepal Kamal Shrestha

द याक्का इन्टरटेन्मेन्टको प्रस्तुतीमा नेपाली चलचित्र ‘हुर्रे’को घोषणा भएको छ। यम थापाको निर्देशनमा बन्ने यो चलचित्रको राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै औपचारिक घोषणा गरिएको हो। डार्क कमेडी जनराको यो चलचित्रले पशुपति मन्दिर वरपरको कथालाइ उजागर गर्नेछ।

चलचित्रमा अनुप विक्रम शाही, केकी अधिकारी, राजाराम पौडेल, प्रकाश घिमिरे, विजय बराल, अंकित खड्का, संगीता नापित, उपदेश तिमिल्सिना लगायतका कलाकारको मुख्य भूमिका रहनेछ।

यसअघि चलचित्र ‘राज्जा रानी’ निर्देशन गरिसकेका यमको कथा तथा निर्देशन रहने यो चलचित्रलाई सोनम लामा र छिरिङ दोर्जे लामाले संयुक्त रुपमा निर्माण गर्न लागेका हुन्। दावा शेर्पा यो चलचित्रका प्रस्तुतकर्ता हुन्।

चलचित्रमा शिव ढकालको छायांकन, कालिप्रसाद बास्कोटा र राजनराज सिवाकोटीको संगीत, राजेन्द्र थापा र कालिप्रसाद बास्कोटाको शब्द, मिलन अमात्य, राजनराज र कालिप्रसादको स्वर रहनेछ। विक्रम स्वार र रोशन भट्टराइको नृत्य निर्देशन, चन्दन दत्तले चलचित्रको सम्पादन गर्नेछन।

कार्यक्रममा बोल्दै निर्देशक यम थापाले ‘हुर्रे’ पशुपति क्षेत्रभित्र फूल वेच्ने एक यूवतीको कथामा आधारित हुने बताए। नायिका केकी अधिकारीले चलचित्रको कथावस्तु राम्रो रहेको भन्दै भदौबाट छायांकन सुरु हुने जानकारी दिइन्। उनले, चलचित्रमा हिरो-हिरोइन मात्र भन्दा पनि सबै पात्रहरु महत्वपूर्ण रहेको सुनाइन्। कार्यक्रममा फिल्मका नायक अनुप विक्रम शाही भने देखिएनन्।

SUBSCRIBE 👉