चितवनमा फिल्म संरक्षणको रेडकार्पेट प्रिमियर


साउन २७ गते शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘संरक्षण’ को बुधबार चितवनमा प्रिमियर गरियो। जल्माहलमा गरिएको मल्टीस्टारर फिल्मको रेड कार्पेट प्रिमियरमा नायिका मलिना जोशी र आशिश्मा नकर्मी, निर्माता प्रदीप कुमार उदय र नरेन्द्र महर्जन, निर्देशक पूर्णेन्दु झा, कलाकारहरु नन्दु श्रीवास्तव, प्रमोद अग्रहरी,राज कटुवाल, सुसान्त श्रेष्ठ लगायतको उपस्थिति थियो।

संरक्षणको प्रिमियरमा सहभागी अतिथि तथा दर्शकहरुले फिल्मको तारिफ गरेका छन्। तराईको राजनीतिलाई जस्ताको त्यस्तै पर्दामा उतारिएको फिल्मको प्रिमियरमा सहभागीको भनाई छ। फिल्ममा निखिल उप्रेती र सौगात मल्ल,रमेश रंजन झा, मलिना जोशी, अशिष्मा नकर्मी, प्रमोद अग्रहरी, राज कटुवाल, रेखा शाह लगायतको अभिनय छ। सौगात र निखिल भने चितवनको प्रिमियरमा सहभागी भएनन्।

परवेश मल्लिकको संगीत र पुरुषोत्तम प्रधानको छायांकन रहेको संरक्षणमा हिमाल केसीको द्धन्द्ध निर्देशन छ।

SUBSCRIBE 👉