मस्टर्ड सिड अन्तरास्ट्रिय फिल्म फेस्टिवलमा – ‘देश खोज्दै जाँदा’


Nepali Movie International Film Festival

प्रकाश आङदेम्बे निर्देशित फिल्म ‘देश खोज्दै जाँदा’ मस्टर्ड सिड अन्तराष्ट्रिय फिल्म फेस्टिवलमा छनौट भएको छ। अमेरिकाको पेन्सिलभेनिया स्थित फिलाडेल्फिया सिटीमा हुने तीन दिनेफिल्म फेस्टिवलमा नेपालबाट प्रतिनिधित्व गर्ने एकमात्र फिल्म हो। फेस्टिवलमा यो फिल्म अगस्ट १९ (भदौ ३) शनिवार विहान १० बजेदेखि स्क्रिनिङ हुनेछ भने भदौ २८ गते देखि अल नेपाल रिलिज हुँदै छ।

फेस्टिवलमा भारत, बङ्गलादेश, पाकिस्तान, इजिप्ट, अमेरिका, बेलायत, क्यानडा लगायत मुलुकका फिल्महररु छनौटमा परेका छन्। फिल्मको स्क्रिनिङमा चलचित्रका पोस्ट-प्रोडक्सन तथा आर्ट डाइरेक्टर प्रल्हाद गुरुङ सहभागी हुनेछन्।

यसअघि ‘दादा साहेव फिल्म फेस्टिवल’मा टप सेभेन सम्म पुग्न सफल यो फिल्म ‘दि कर्निस कलेज अफदि आर्टस वासिङटन अमेरिका, युनिभर्सिटी अफतास्मानीया अष्ट्रेलिया, दबार्टन सेनियर कलेज साउथ अष्ट्रेलिया, बफेलो स्टेट युनिभर्सिटी दिअन्ने फ्रांक प्रोजेक्ट २०१५ न्युयोर्क, स्यामुल मेरिट युनिभर्सिटी, क्यालिफोर्निया, सोफिएन्डल स्कोल सोफिएन्डलवेज डेन्मार्क, विन्डसेइम अनर्स कलेज ज्वले नेदरल्यान्ड, बर्चफिल पेन्नी आर्ट सेन्टर दिअन्ने फ्रांकप्रोजेक्ट २०१७ न्युयोर्क जस्ता युनिभर्सिटी र फिल्म फेस्टिवलहरुमा सहभागीता जनाइसकेको छ।

भुटानी शरणार्थीहरुको जीवन भोगाइलाई यथार्थ-परक रुपमा उतारिएको फिल्म भुटानी शरणार्थीहरुको शिविर नजिकै दमकमा केहीदिन अघि प्रिमियर समेत गरिएको छ। निकै चर्चा कमाउनथालेको यस फिल्ममा भुटानी शरणार्थीहरुको शिविर बसाई अवधि र स्वदेश फिर्ती आन्दोलनतथा तेस्रो देश पुनर्वासको विषयलाई कथाको केन्द्रमा राखिएको छ।

फिल्ममा बाबु बोगटी, अरुणा कार्की, हेमन्त बुढाथोकी, मिना कोइराला, तिब्बत राई, ओवेत साम्पाङ राई, सरीताओली, शिवशंकर थापा लगायतको अभिनय रहेको छ भने उपेन्द्र सुब्बाको पटकथा, संजय लामाको छायाङ्कन, मनोरञ्जन श्रेष्ठको सम्पादन रहेको छ। त्यसैगरी श्रवण मुकारुङको गीत, आभासको संगीत र स्वरुपराज आचार्यको गायन रहेको छ।

SUBSCRIBE 👉