‘ग्याङ्गस्टर ब्लूज’ ओपनिङ सुखद । अधिकांश सिनेमा हाउसफूल


Gangster Blues Ashirman Anna

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘ग्याङ्गस्टर ब्लूज’को ओपनिङ राम्रो भएको छ। निर्माण घोषणाको समयदेखि नै चर्चामा रहेको फिल्मको मल्टिप्लेक्स तथा सिंगल स्कृन दुबैतिरको ओपनिङ सुखद छ। रिलिजको पहिलो दिन काठमाडौंका मल्टिप्लेक्स तथा सिंगल स्कृनका बिहानी शो तथा दिवा शो मा अधिकांश पर्दा हाउसफूल रहे।

शुक्रबार फिल्मले ५३ लाखको विजनेस गरेको जानकारीमा आएको छ। हल सञ्चालक तथा वितरण कम्पनिबाट प्राप्त विवरण अनुसार फिल्मले रिलिजको पहिलो दिन देशभरबाट ५३ लाख विजनेस गर्न सफल रह्यो। देशभरका ८० बढि पर्दामा फिल्म रिलिज भएको वितरण कम्पनि डिसिएनले बताएको छ। तर बाढिको चपेटामा परेको पुर्वी नेपालका केहि जिल्लामा भने यो फिल्म रिलिज हुन पाएन।

मल्टिप्लेक्स तर्फ राजधानीमा क्युएफएक्सले ‘ग्याङ्गस्टर ब्लूज’लाई १३ शो दिएको छ भने बिग सिनेमाले ५ शो दिएको छ। दुबैतर्फ शनिबारको लागी बिहानी तथा दिवा शो का अधिकांश पर्दा अनलाईन बुकिङले हाउसफुल नजिक छन्। निर्माता सरोज न्यौपानेले फिल्मको पहिलो दिनको विजनेसबाट खुशी व्यक्त गरे।

प्रिमियरको लागी बिहिबार पोखरा पुगेका न्यौपानेले स्थानिय हलका दर्शकमाझ फिल्म युनिट पुगेको बताए। ‘काठमाडौंसहित अन्य जिल्लामा जस्तै पोखरेली दर्शकले दिनुभएको न्यानो साथले उत्साह थपेको छ, बर्ष लामो मेहनत सिद्ध भएको अनुभुती हुँदैछ’, न्यौपानेले थपे। ‘हाम्रो फिल्मका हरेक पात्र ‘नोटिशेवल’ छन्, दर्शकले हलबाट निस्किँदा सबैलाई याद गरेरै निस्किनुभएको छ, दर्शकको सन्तुष्टि नै हाम्रो खुशी हो, उनले भने।

पोखरामा फिल्मका डेब्यू कलाकार आशिरमान देशराज जोशी मुख्यतः केन्द्र बने। पोखरामा प्रिमियर हुँदा आशिरलाई हेर्नकै लागी दर्जनौं युवतीहरु हल पुगेर पर्खेर बसेका थिए। आशिर र आना शर्मासँगै अभिनेता संयम पुरी क्रेजी युवा पिँढी फिल्मको हेर्न हलमा देखिएका छन्। फिल्ममा आशिरसँगै आनाको कामलाई दर्शकले तारिफ गर्दा संयमबाट दर्शकले सबैभन्दा बढि सन्तुष्टि पोखे ।त्यसो त राजधानीमा बुधबार सम्पन्न प्रिमियरमा नै धेरै फिल्मकर्मीले आशिरलाई भोलीको स्टारको उपमा दिएका थिए। हेमराज बिसी निर्देशित फिल्ममा रोजिशा शाही, प्रमोद अग्रहरी, अनुपम शर्मा, आरुणा कार्की लिड रोलमा छन्।

शुक्रबारको ओपनिङलाई आधार मान्दा फिल्मले शनिबार बर्षातले असर नपारेको खण्डमा ८० लाख माथीको विजनेस गर्ने अनुमान निर्माण युनिटको छ।

SUBSCRIBE 👉