ट्रेलरमा एस्तो छ – पल र आँचलको ‘जोनी जेन्टलम्यान’


युवा पुस्ता माझ छुटै क्रेज बनाउन सफल नायक पल शाह अभिनित नयाँ चलचित्र ‘जोनी जेन्टलम्यान’ भदौ ३० गतेबाट अल नेपाल रिलिज हुँदै छ। रिलिज मिति नजिकिदै गर्दा यो चलचित्रले प्रचार-प्रसार सुरु गरेको छ। यसै क्रममा ‘जोनी जेन्टलम्यान’को ट्रेलर रिलिज गरिएको छ। यस अघि रिलिज गरिएका २ गीतहरु पनि दर्शक श्रोताले मन पराएका छन्।

चलचित्रको ट्रेलरमा नायक पल शाहको मायालु र एङ्ग्री अवतार देखिएको छ। नायिका आँचल शर्माका लागि पलले देखाएको प्रेम र बदलाको कथालाइ नितिनले चलचित्रमा उतारेका छन्।

‘जोनी जेन्टलम्यान’ को ट्रेलर हेर्न यहाँ क्लिक गर्नुहोस्

जोनी कसरी जेन्टल बन्छ भन्ने कथालाइ चलचित्रमा देख्न पाइनेछ। नितिन चन्दले निर्देशन गरेको ‘जोनी जेन्टलम्यान’ एनड्रिउ पौडेल र अजय मल्लको लगानीमा निर्माण भएको हो। चलचित्रमा नविन निरौलाको सम्पादन, पारास विक्रम शाह र देव महर्जनको एक्सन, रुपेश थापा र रामशरण उप्रेतीको छायांकन छ।

यसै वर्ष पल शाह अभिनित चलचित्र ‘म यस्तो गीत गाउँछु’ हिट भई सकेको छ। पलको अघिल्लो सिनेमा हिट भएका कारण पनि ‘जोनी जेन्टलम्यान’ दर्शक माझ प्रतिक्षित छ। चलचित्रमा पलको जोडी आँचल शर्मा छिन्। यी दुवैले अभिनय गरेको चलचित्र ‘नाई नभन्नु ल – ४’ ले पनि राम्रो चर्चा कमाएको थियो।

SUBSCRIBE 👉