केहि दिन अघि रिलिज गरिएको गीत ‘तिमि रोएको पल’ बाट एकाएक चर्चामा आएको चलचित्र ‘ऐश्वर्य’को टिजर रिलिज भएको छ। टिजरमा फिल्मको गुणस्तरियतासंगै द्वन्द समेत हेर्न सकिन्छ। अर्जुन पोखरेलको शब्द र संगीत रहेको उक्त गीतमा सुगम पोखरेल र अन्जु पन्तले आवाज भरेका छन्।
फिल्मको टिजरमा भने गीत संगै केहि दृश्यको झलक देखाइएको छ। यो फिल्ममा रमेश उप्रेती, दीपिका प्रसाई, केकी अधिकारी, प्रशान्त ताम्राकार, अर्जुन श्रेष्ठ, निर्मल शर्मा, तेंजु योन्जन लगायतको अभिनय छ। तर शिर्ष भूमिकामा नव-नायिका दीपिका प्रसाइ र नायिका केकी अधिकारी मध्ये को हुन् ?, सस्पेन्स राखिएको छ। रमेश उप्रेती प्रस्तुतकर्ता रहेको यस फिल्ममा अर्जुन श्रेष्ठ र किरण राणा उप्रेती निर्माता हुन् भने कलाकार निर्मल शर्मा कार्यकारी निर्माता हुन्।
लेखन तथा निर्देशन दिवाकर भट्टराईको रहेको यो फिल्ममा सुदीप वरालको छायाँकन छ। कार्तिक ९ गते बाट यो फिल्म अल नेपाल रिलिज हुनेछ।
टिजर हेर्नुहोस्
फिल्मका बारेमा एसो भन्छन् निर्देशक तथा कलाकार
दिवाकर भट्टराई :
ड्रिम्समा एसोसियट निर्देशक भएर काम गरिसकेपछी मेरो निर्देशनमा आउने नेक्स्ट फिल्मले दर्शकलाई निराश बनाउनु हुदैन भन्ने सोचाइ थियो, जसलाई पुरा गरे जस्तो लाग्छ। फिल्ममा मैले स्टारडम देखाउने प्रयास मात्र गरेको छैन, एउटा क्वालिटीको फिल्म दर्शकसामु ल्याउने प्रयास पनि गरेको छु। गीत मार्फत पाएको मायालाई वा दर्शकले राखेको एस्पेक्टलाई मिड गर्छौ जस्तो लागेक्को छ। फिल्मले सुपर मोडलको कथासंगै बिजनेसम्यानको जीवन शैलीलाई पनि प्रस्ट्याउनेछ। हरेक मान्छे ऐश्वर्य प्राप्तिका लागि संघर्ष गरिरहेको हुन्छ, यसैलाई हामीले फिल्मी शैलीमा प्रस्तुत गरेका छौ।
रमेश उप्रेती:
हाम्रो टीमले वितरकको आग्राहलाई डेट सारेका हौ। कलाकारनै निर्माता भएको फिल्मसंगै दर्शक सामु आउदा घाटा जसलाई लागे नि कलाकारलाइ नै लाग्छ , त्यसैले टिमको निर्णय अनुसार हामी कार्तिक ९ मा आउदैछौ। फिल्म ऐश्वर्यलाई म र मेरो टीमले स्टाइलिस बनाउन खोजेका छौ। नेपालको सुन्दरतासंगै नेपाली प्राविधिकले पनि यो लेभलको फिल्म दिन सक्छन र हामी पनि कथा अनुसार सम्झौता गर्दैनौ भन्ने उदाहरण दिनु नै म र मेरो टीमको उदेश्य हो। गीत मार्फत दिनु भएको माया प्रति आभारी छौ, साथै त्यो माया र भरोसालाई टिजरले टुटन नदिने विश्वास हाम्रो छ।
दीपिका प्रसाईं :
पहिला त फिल्म गर्ने सोच नै थिएन तर फिल्मको कथावस्तु मन परेरै फिल्म गरेकी हु। पहिलो गीतबाट मैले पाएको प्रतिक्रियाले निकै उत्साहित छु भने फिल्ममा मोडलिङ नै गरिरहेको देखिनेछु। फिल्ममा काम गर्दै गएपछि नेपाली फिल्मलाई अझै नजिकबाट चिन्ने मौका मात्र पाएको छैन, बदलिदो मेकिङ शैलीले खुसि पनि छु। किनकी मैले सुनेको भन्दा निकै राम्रो भइसकेको छ। मेरो पहिलो फिल्म भएकाले दर्शकले नहेर्दासम्म धेरै बोलन त मिल्दैन तर सक्दो राम्रो गर्ने कोशिस गरेको छु।
प्रशान्त ताम्राकार :
यस फिल्ममा मैले मलाइ सुहाउदो क्यारेक्टर गरेको छु। धेरै कुरा मैले खुलाउदा मज्जा नऔला तर टिजर हेरेर पनि तपाइँले एक किसिमको अनुमान लगाई सक्नुभएको छ। यस फिल्ममा दर्शकले मलाइ एक नयाँ अवतारमा हेर्न पाउनेछन्।